Kathmandu Press

पेट्रोल र डिजेलको मूल्य वृद्धि

निगमले आज राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
पेट्रोल र डिजेलको मूल्य वृद्धि

काठमाडौं, पुस १७ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ ।

निगमले आज राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १६३ रुपैयाँ तोकिएको छ ।

Hardik ivf

दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १६२ रुपैयाँ तोकिएको छ भने काठमाडौं र दिपायल क्षेत्रमा डिजेल लिटरको १५३ रुपैयाँ पर्ने छ । 

त्यस्तै,सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ तिर्नुपर्नेछ । अन्य क्षेत्रमा भने डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा पर्ने छ ।

हवाइ इन्धनको मूल्य भने आन्तरिकतर्फ दुई र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले घटाएको निगमले जनाएको छ ।
 

प्रकाशित मिति: ०८:१८ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्