Kathmandu Press

भारी गिरावटसँगै २६ मुनि झर्‍यो नेप्से

मंगलबार नेप्से ३३.०८ अंक अर्थात १.२६ प्रतशितले घटेको छ। योसँगै नेप्से २५७६.५० विन्दूमा आएको छ।
भारी गिरावटसँगै २६ मुनि झर्‍यो नेप्से

काठमाडौ, पुस १६ : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी मात्रामा गिरावट आएको छ। मंगलबार नेप्से ३३.०८ अंक अर्थात १.२६ प्रतशितले घटेको छ। योसँगै नेप्से २५७६.५० विन्दूमा आएको छ।

३०८ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार बराबरको कारोबार भएको छ।

वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अंकको गिरावट आएको छ। वित्त समूह ५.१९ प्रतिशतले घटेको हो। त्यस्तै विकास बैंक समूह २.७७ प्रतिशत र व्यापार समूह १.९७ प्रतिशतले घटेको छ।

यस्तै, बैंकिङ ०.९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ। अन्य समूहको उपसूचक भने आज०.०६ प्रतिशतले बढेको छ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्