Kathmandu Press

‘आर्थिक समृद्धि हासिल गर्ने हो भने नीजि क्षेत्रलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ’

‘आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्न सक्यो भने र त्यसको लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ,’ अध्यक्ष ढकालले भने।
‘आर्थिक समृद्धि हासिल गर्ने हो भने नीजि क्षेत्रलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ’

काठमाडौं, पुस १६ : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।
 
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैठौं श्रम संसद समारोहमा उनले नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्नको लागि सबै ठाँउबाट वातावरण मिलाउन सक्नुपर्ने बताए  

‘आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्न सक्यो भने र त्यसको लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ,’ अध्यक्ष ढकालले भने।

Hardik ivf

नेपालमा केही सम्भावना छैन भन्ने नकारात्मक भाष्य चिर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी मार्फत व्यवसायीहरुलाई इक्यिूटी दिने काम सुरु गरेको उनले बताए। 

‘नकारात्मक रुपमा नेपालमा केही सम्भावना छैन भन्ने जुन भाष्य तयार गरिएको छ, त्यस्तो होइन। नेपालमा साच्चै सम्भावना छ, धेरै कामहरू गर्न सक्ने ठाँउ छ भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तरगतका व्यवसायीलगायत अन्य सबै व्यवसायीहरुलाई इक्यिूटी चाहिएको छ भने त्यो कम्पनीमार्फत इक्यिूटी दिने हिसाबले नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर अगाडि बढाएका छौं,’ अध्यक्ष ढकालले भने।

देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुनसक्ने बताए। आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउने उनको भनाई थियो। 
 

प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, पुस १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्