Kathmandu Press

रोहित सेट्टीले सुरक्षाकर्मीलाई उपलब्ध गराए मुम्बईका आठ होटल

काठमाडौं, वैशाख ११ : बलिउड निर्देशक रोहित सेट्टीले सुरक्षाकर्मीका लागि आठ होटल उपलब्ध गराएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण भारत पनि लकड....

रोहित सेट्टीले सुरक्षाकर्मीलाई उपलब्ध गराए मुम्बईका आठ होटल

काठमाडौं, वैशाख ११ : बलिउड निर्देशक रोहित सेट्टीले सुरक्षाकर्मीका लागि आठ होटल उपलब्ध गराएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण भारत पनि लकडाउनमा छ। यस्तो वेला फिल्डमा खटिएका सुरक्षाकर्मीका लागि सहज व्यवस्थापन गर्न सेट्टीले मुम्बईमा आठ होटल उपलब्ध गराएका हुन्।

Hardik ivf

होटल उपलब्ध गराएकोमा मुम्बई प्रहरीले निर्देशक सेट्टीलाई धन्यवाद दिएको छ। मुम्बई प्रहरीले ट्वीट गर्दै धन्यवाद दिएको हो।

लकडाउनको समयमा फिल्डमा खटिएका सुरक्षाकर्मी ति होटलमा बस्नेछन्। उनीहरु त्यही खानपिन पनि गर्नेछन्।

उनल यसअघि बलिउडमा काम गर्दै आएका मजदुरलाई पनि ५१ लाख रुपैयाँ सहयोग गरेका थिए।

उनको बहुप्रतिष्ठित सिनेमा ‘सूर्यवंशी’ कोरोनाका कारण रोकिएको छ। मर्चमा प्रदर्शनको तयारीमा रहेको सिनेमा अब कोरोना नियन्त्रणमा आएपछि प्रदर्शन गरिने जनाएको छ।

 

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, वैशाख ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्