Kathmandu Press

नेप्से सामान्य अंकले वृद्धि

विहीबार नेप्से चार दशमलव १५ प्रतिशतले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ।
नेप्से सामान्य अंकले वृद्धि

काठमाडौं, पुस ११ : नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। विहीबार नेप्से चार दशमलव १५ प्रतिशतले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ।

७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ। 

२ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।  

सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ। 

बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह वृद्धि भएका छन् भने विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह घटेका छन्।


 

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्