Kathmandu Press

लगानी भित्र्याउने तयारी आयो युजर

भरोसा नेटवर्क प्रालिद्धारा सञ्चालित नेपाली राइड सेयरिङ आयोयुजर मार्फत नेपालीलाई नै रोजगारी र सेवा उपलब्ध गराउदै आएकोे उक्त कम्पनीले अमेरिकी एक कम्पनीमार्फत पुँजिवादी उद्यम अन्तर्गत ४ मिलियन अमेरिकी डलर लगानी गर्न लागेको दावी गरेको हो ।  
लगानी भित्र्याउने तयारी आयो युजर

काठमाडौं, पुस ९ : नेपाली राइड सेयरिङ एप आयो युजर कम्पनीले सूचना प्रविधि (आइटी) क्षेत्रमा भविष्य खोज्दै लगानी भित्र्याउने तयारी गरेको छ । 

भरोसा नेटवर्क प्रालिद्धारा सञ्चालित नेपाली राइड सेयरिङ आयोयुजर मार्फत नेपालीलाई नै रोजगारी र सेवा उपलब्ध गराउदै आएकोे उक्त कम्पनीले अमेरिकी एक कम्पनीमार्फत पुँजिवादी उद्यम अन्तर्गत ४ मिलियन अमेरिकी डलर लगानी गर्न लागेको दावी गरेको हो ।  

Hardik ivf

‘सूचना प्रविधि (आइटी) को क्षेत्रमा धेरै सफ्वेयरहरु बजारमा आइरहेका छन् ।  यही क्रममा हामीले पनि आइटी क्षेत्रमै सेवा सुरु गरेका हौं’, भरोसा नेटवर्क प्रालिका एक सञ्चालक भुलन लाखेले भने–  ‘नेपालमा मेहनत गर्दा आइटी क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ लगानी गरेको थियौं, अहिले प्रतिफल प्राप्त हुन थालेको छ ।’ 

सन २०१८ देखि सुरु गरेको यो कम्पनीले राइड सेयरिङ आयोयुजर एप सञ्चालनमा ल्याएको साढे चार वर्ष भएको छ । यसबीचमा धेरै समस्याहरु आएपनि अहिले आएर भरोसा नेटवर्क प्रालिमार्फत सञ्चालन भइरहेको कम्पनी आयोयुजरलाई अमेरिकी एक कम्पनीले पुँजिबादी उद्यम अन्तर्गत करिव चार मिलियन अमेरिकी डलर लगानी गर्न लागेको लाखेले दावी गरे । उक्त लगानीका सन्दर्भमा शैद्दान्तिक सहमति भइसकेको र केही समयमै संझौता हुने उनको विश्वास छ । 

उक्त लगानीलाई राइडरहरुको जिवनस्तर उकास्ने प्रयोजनका लागी र उनिहरुलाई थप सुविधा के कसरी दिन सकिन्छ, त्यसमा खर्च गर्नेगरी छलफल अघि बढाएका छौं’, लाखेले भने । साथै आफ्नै सफ्टवेरलाई थप प्रभावकारी बनाउदै ग्रहकलाई सरल र सुलभ रुपमा सेवा प्रवाह गर्ने सोच बनाएको कम्पनीले जनाएको छ ।

अरु कम्पनीहरुलाई पनि आइटी क्षेत्रमै लगानी गरेर नागरिक सेवासंगै राम्रो आम्दानीको श्रोत बनाउन सकिने भरोसा नेटवर्क प्रालिले विश्वास व्यक्त गरेको छ । आइटी क्षेत्रमा काम गरिरहेका सेवामुलक नेपाली कम्पनीमा विदेशी कम्पनीहरुलाई  लगानी गर्ने वातावरण बनाएर रकम भित्र्याउने र देशमै रोजगारीका अवसरहरु सृजना गर्न सके दक्ष जनशक्ति विदेशीनु नपर्ने सूचनाप्रविधि क्षेत्रका विज्ञहरुले बताएका छन् ।  

राइड सेयरिङमा विदेशी कम्पनीहरुको बर्चश्व रहेको र नेपाली कम्पनीहरु दिगोरुपमा सञ्चालनमा आउन चुनौति भइरहेको अवस्थामा भरोसाले नेपालीहरुकै लागी सेवा दिएर बजारमा सकारात्मक सन्देश दिन खोजेको जनाएको छ । सो एपमा अहिले करिव ३ हजार राइडर आवद्ध भएकोमा १०० राइडरहरुले नियमित सेवा दिइरहेको कम्पनीको दावी छ ।  

यस कम्पनीले वेरोजगार युवा युवतिलाई सुलभ शुल्कमा दैनिक मोटसाइकल तथा स्कुटर उपलब्ध गराएर आयो राइडरमार्फत स्वरोजगार बन्न चाहानेहरुलाई सहयोग समे गर्दै आएको छ । उक्त एप एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार गर्न मोटसाइकल देखि १० चक्के ट्रक समेत उपलब्ध गराउन सक्ने नेपालकै पहिलो एप भएको कम्पनीको दावी छ ।

प्रकाशित मिति: ०७:२५ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्