Kathmandu Press

अक्षय कुमारले हलका कर्मचारीलाई तलब दिने

काठमाडौं, वैशाख १० : बलिउड अभिनेता अक्षय कुमारले सिनेमा हलका कर्मचारीहरुलाई आर्थिक सहयोग गर्ने भएका छन्।

लकडाउनको समयमा हल मालिकलार्ई परेको ....

अक्षय कुमारले हलका कर्मचारीलाई तलब दिने

काठमाडौं, वैशाख १० : बलिउड अभिनेता अक्षय कुमारले सिनेमा हलका कर्मचारीहरुलाई आर्थिक सहयोग गर्ने भएका छन्।

लकडाउनको समयमा हल मालिकलार्ई परेको कठिन अवस्था हेरी उनले यो प्रस्ताव ल्याएका हुन्। हलका मालिकसँग कुरा गरी उनले मुम्बईस्थित गेइटी ग्यालेक्सीको थिएटरका कर्मचारीलाई लकडाउन अवधिभरको तलब दिने भएका छन्।

हलका सञ्चालक मनोज देसाइका अनुसार अक्षयले आफूलाई फोन गरेर सहयोगको प्रस्ताव राखेका बताएका छन्। उनले आफ्नो हलमा कार्यरत आफ्ना कर्मचारीलाई तलब दिन ऋण लिएका थिए।े कर्मचारीको लागि ऋण लिएको सार्वजिक गरे लगतै अक्षयले सहयोग गर्ने बताएका हुन्।  

मनोजले पनि आर्थिक समस्याको समाधान गर्न आवश्यक रहेको बताएका छन्। पहिलो चरणको लकडाउन सकिएपछि फिल्मको टिकेट दर बढाउनेबारे सोच्ने उनले बताए।

 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, वैशाख १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्