सुनचाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ।
काठमाडौं, पुस ४ : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ।
बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोवार भैइरहेको छ।
त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
