Kathmandu Press

समानता र अल्पसंख्याकको अधिकारका लागि नारीवादी परराष्ट्र नीति: मन्त्री डा.राणा

जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै उक्त भनाई राखेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
समानता र अल्पसंख्याकको अधिकारका लागि नारीवादी परराष्ट्र नीति: मन्त्री डा.राणा

काठमाडौं, पुस ३ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन् । 

जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै उक्त भनाई राखेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

Hardik ivf

परराष्ट्रमन्त्री डा.राणाले समानताका अन्य नीतिहरुजस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप, समभाव र समावेशिता अँगाल्ने धारणा राखिन्।

‘नारीवादी परराष्ट्र नीतिले श्रेणीबद्धता र बहिष्करणमा आधारित पितृसत्तात्मक संरचनालाई चुनौती दिने काम गर्दछ । यो नीतिले समावेशिता, सहानुभूति र समानताका सिद्धान्तहरुलाई प्राथमिकतामा राख्दछ र समग्रमा मानव सुरक्षा भन्ने बृहत अवधारणालाई अघि सार्दै कूटनीतिमा सबैलाई समान रुपमा व्यवहार गर्दछ,’ मन्त्री राणाको भनाइ थियो, ‘यो नीतिले आपसी समझदारी र समभावको मान्यतामा रहेर लैङ्गिक तथा यौनिक लगायत अन्य अल्पसंख्यकहरूको अधिकार र चासोहरुलाई पनि सुरक्षित गर्न सहयोग गर्ने छ ।’ 

कार्यक्रममा मन्त्री राणाले यौनिक र लैङ्गिक अल्पसंख्यकहरूको संवेदनशीलताको सम्मान गर्दै नारीवादी परराष्ट्र नीतिलाई पुनर्जीवित गर्न आवश्यक रहेको पनि बताइन् । विभेद र अन्यायको अन्त्य गर्न सतही परिवर्तनले मात्र पर्याप्त नहुने बताउँदै सामाजिक मूल्य र मान्यताहरूमा आधारित रूपान्तरण गर्नका लागि नीतिमा समानता आवश्यक रहेकोमा मन्त्री राणाको जोड थियो । लैङ्गिक एवम् यौनिक लगायतका अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा भने नेपाल विश्वमै उदाहरणीय रहेको पनि उनले बताइन् । 

उक्त सम्मेलनको ‘राष्ट्रिय कानुन र नीतिहरूमा समावेशिता’ विषयक अर्काे प्यानललाई हिजो नै सम्बोधन गर्दै उहाँले नेपालले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूह (एलजीबीटीक्युआई) व्यक्तिहरूको समावेशीकरण र अधिकारका पक्षमा धेरै उपलब्धि हासिल गरेको समेत मन्त्री राणाको भनाइ छ।

यी अधिकार सुनिश्चित गर्ने काम सहज नभए पनि नेपाल भने प्रगतिशील कानुन र यसको कार्यान्वयनबाट विश्वकै उदाहरण बन्न सफल भएको धारणा मन्त्री राणाको थियो।

 

प्रकाशित मिति: १७:३८ बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्