Kathmandu Press

सुदूरपश्चिम बन्यो एनपिएलकाे फाइनल पुग्ने पहिलो टिम, जनकपुरलाई अर्को मौका

बुधबार टियू मैदानमा भएको क्वालिफायरमा जनकपुर बोल्टसलाई ८ विकेटले हराउँदै सुदूरपश्चिले फाइनलमा स्थान पक्का गरेको हो।
सुदूरपश्चिम बन्यो एनपिएलकाे फाइनल पुग्ने पहिलो टिम, जनकपुरलाई अर्को मौका

काठमाडाैं, पुस ३ : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनल पुग्ने पहिलो टिम बनेको छ। बुधबार टियू मैदानमा भएको क्वालिफायरमा जनकपुर बोल्टसलाई ८ विकेटले हराउँदै सुदूरपश्चिले फाइनलमा स्थान पक्का गरेको हो।

लिगमा शीर्ष स्थानमा रहँदै क्वाफियरमा पुगेको सुदूरपश्चिमले सोही लयलाई निरन्तरता दिँदै फाइनलमा स्थान बनायो। यता, जनकपुर बोल्ट्सले भने सिधै फाइनल पुग्ने मौका गुमाए पनि दोस्रो अवसर पाउने छ। 

अब उसले बिहीबार फाइनल प्रवेशका लागि क्वालिफायर २मा एलिमिनेटरको विजेता कर्णाली याक्ससँग खेल्ने छ। विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।

Hardik ivf

पहिला ब्याटिङ गर्दै जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। उसका लागि विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले। नटआउट रहेका उनले ५५ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५८ रन बनाए। 

यस्तै, सैफ जइबले २१ बलमा ३ चौका र २ छक्का मद्दतमा ३२ रन बनाउँदा ब्रान्डन म्याकमलेनले १९ बलमा २५ रन बनाए। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन बनाए। 

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो। उसकाका लागि जिमी निशमले पुनः राम्रो ब्याटिङ गरेपनि अन्यले राम्रो साथ दिन नसक्दा उसले चुनौतीपूर्ण लक्ष्य दिन सकेनन्। निशमले २३ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४५ रन बनाए।

यस्तै, शुभ कंशकारले २४ बलमा २६ रन बनाउँदा हर्ष थाकर र लहिरु मिलन्थाले समान १२ रन बनाए । यस्तै, अरनिको यादव र कप्तान आसिफ सेखले समान ११ रन बनाए। तर, यी पाँचै ब्याट्सम्यानको स्ट्राइक रेट राम्रो रहन सकेनन्।

जनकपुरलाई सस्तैमा रोक्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। यस्तै, सैफ जइबले २ तथा प्रतियोगिताको लिडिङ विकेटटेकर स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए।

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्