सुनचाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।
काठमाडौं, पुस ३ : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।
मंगलबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै आज पनि चाँदीको मूल्य घटेको छ। मंगलबार १ हजार ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भैइरहेको छ।
प्रकाशित मिति: ११:०३ बजे, बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
