Kathmandu Press

सहकारीप्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

उनले यही पौष २८ गते केही बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको भन्दै अब चाँडै सहकारी पीडित सबैको समस्या समाधान गर्ने बताए। 
सहकारीप्रति फिजाईएको नकारात्मक भ्रमलाई चिर्न आवश्यक : मन्त्री अधिकारी

काठमाडौं, पुस २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको समस्या चाँडो समाधान गरेर सहकारीप्रति फिजाईएको भ्रमलाई चिर्न आवश्यक रहेको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित सहरी सुशासन प्रवद्र्धन सम्बन्धि बागमती प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे उनले, सहकारीप्रति फिजाईएको भ्रमलाई चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिनेगरी काम गर्न तर्फ लाग्न सबैलाई आग्रह गरे। 

‘हामी सबै क्रियाशिल भएर सहकारीप्रति फिजाईएको भ्रमलाई छिटो चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिन सक्छौं भनेर जति छिटो हामी यसतर्फ लाग्न सक्छौं,त्यति छिटो समाधान हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘त्यसको लागि सरकारले नमिलेका अप्ठ्यारा परिस्थितिलाई कानुन विधिहरुलाई सच्याउँछ।’

उनले यही पौष २८ गते केही बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको भन्दै अब चाँडै सहकारी पीडित सबैको समस्या समाधान गर्ने बताए। 

प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रम अहिले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरु र समस्याहरु समाधान गर्ने कोशेढुङ्गा सावित हुने मन्त्री अधिकारीले विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, पुस २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्