Kathmandu Press

‘दिगो विकास लक्ष्यमा नेपालको प्रगति उल्लेखनीय भएको छ’

बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौतीका रुपमा रहेको उनको भनाई थियो । 
‘दिगो विकास लक्ष्यमा नेपालको प्रगति उल्लेखनीय भएको छ’
फाइल तस्बिर।

काठमाडौं, पुस २ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन्। 

बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रुपमा नै दिगो विकास लक्ष्य प्राप्तिमा पहल भइरहेको बताए।

Hardik ivf

अर्थमन्त्री पौडेलले अल्पविकसित र विकासोन्मुख देशहरूमा वित्तीय अन्तरविकास गतिको निरन्तरताका लागि महत्त्वपूर्ण मुद्दा भएको बताए। 

बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौतीका रुपमा रहेको उनको भनाई थियो । 

‘अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको छ,’ उनले भने, ‘डिजिटल आर्थिक कारोबारका नयाँ मोडालिटीलाई करको दायरामा ल्याउने गरी कर प्रशासनको क्षमतालाई सुदृढ र प्रभावकारी बनाउन आवश्यक छ।’

विश्व्यापी रुपमा अहिले देखा परेका आर्थिक तथा सामाजिक अनिश्चितता, भूराजनीतिक समस्या, सार्वजनिक ऋणको बढ्दो भार र आर्थिक असमानतालाई सामुहिक प्रयासबाट समाधान गर्नुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए। 

अर्थतन्त्रमा निजीक्षेत्रको लगानीलाई सदैव प्रोत्साहित गरिनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले सक्षम नियामनकारी संयन्त्र, प्रभावकारी सार्वजनिक सेवा प्रवाह एवंम अनुकूल व्यावसायीक वातावरणको अभावमा धेरैजसो अल्पविकसित देशहरूले उल्लेखनीय रूपमा वैदेशिक लगानी आप्रवाह विस्तार गर्न नसकेको बताए।

यस्तै, अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावले नेपाल जस्ता हिमाली भूभाग भएका देशमा बढी जोखिमयुक्त देखिएको बताए। उनले जलवायु वित्तका लागि स्थापित कोषहरुको परिचालन जोखिमको विश्लेषणका आधारमा न्यायोचित रुपमा हुनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्