पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो
योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ ।
काठमाडौँ, पुस १ : नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ ।
योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।
प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
