Kathmandu Press

एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्न अफर

काठमाडौं वैशाख ९ : एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्क गर्न सक्ने भए....

एनसेलको पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्न अफर

काठमाडौं वैशाख ९ : एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्क गर्न सक्ने भएका छन्। 
एनसेलले मंगलबार विज्ञप्ति जारी गर्दै ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्ने उल्लेख गरेको छ । 

कोरोनाभाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट लिमिटेडले गत शुक्रबारदेखि आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराउँदै आएको छ । यस योजना अन्तर्गत ग्राहकले मात्र रु ५ मा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन् । 

शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स रु ५ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित भएको हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो ।

एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो । यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७ दिनको लागि मान्य रहनेछ । विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स रु ५ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्छन् । 

ग्राहकले एस्ट्रिक्स९ ९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन । 

यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक रु २३० (कर सहित रु २९३.६९) मा सुचारु गर्न सक्छन् ।  


 

प्रकाशित मिति: २०:४१ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्