निरुता सिंहका रमाइला यादहरु युट्युबमा
काठमाडौं, वैशाख ९ : लकडाउनका कारण सर्वसाधारणसँगै कलाकार पनि घरमै समय विताइरहेका छन्। केही कलाकारले घरभित्रै बसेर पनि आफ्ना फ्यानका लागि मनोरञ्जानात्मक....

काठमाडौं, वैशाख ९ : लकडाउनका कारण सर्वसाधारणसँगै कलाकार पनि घरमै समय विताइरहेका छन्। केही कलाकारले घरभित्रै बसेर पनि आफ्ना फ्यानका लागि मनोरञ्जानात्मक भिडियो सेयर गरिरहेका छन्।
यस्तैमा नायिका निरुता सिंहले पनि लकडाउनको उपयाेग गरेकी छन्। उनले ‘निरुता सिंहको रमाइला यादहरु’ भाग ८ मा ‘अतित याद’ भनेर आफू अभिनय गरेका पूराना चलचित्रका सुटिङका दृश्यलाई युट्युब च्यानलमा सेयर गरेकी छिन्।
नेपाली चलचित्रसँग जोडिन पाउँदा आफूलाई खुशी मिल्ने गरेको बताउँदै उनले लकडाउनको समयमा युट्युब च्यानलबाट दर्शकमाझ नजिक भएको आभास दिलाएकी छिन्।
उनले साथमा सबैलाई घरमै बस्न र सुरक्षित रहन सुझाव दिदै भनेकी छिन्, ‘मेरो सम्पूर्ण नेपाली चलचित्रकर्मीहरु अनि मेरो प्रिय दर्शक फ्यानहरुको लागि।’
उनी पछिल्लो पटक ‘दाल भात तरकारी’ चलचित्रमा देखिएकी थिइन्। त्यस्तै, ‘नाई न भन्नु ल ६’मा समेत अतिथि कलाकारको भूमिकामा देखिएकी थिइन्।
फिल्म ‘क्याप्टेन’को गीत ‘कर्ली कर्ली कपाल’मा उनको नृत्यलाई धेरै नै रुचाइएको थियो। भारतको मूम्बई बस्दै आएकी उनी आठ वर्षपछि नेपाली चलचित्रमा पर्किएकी हुन्।












