Kathmandu Press

राष्ट्र बैंकद्वारा चार महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको औंल्याइएको छ। 
राष्ट्र बैंकद्वारा चार महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

काठमाडौं, मंसिर २७ : नेपाल राष्ट्र बैंकले विहीबार मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। 

चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारित रिपोर्ट सार्वजनिक गरिएको हो । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको औंल्याइएको छ। 

Hardik ivf

यस्तै, आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ भने  नेपाल सरकारको खर्च रु.४१५ अर्ब २ करोड र राजस्व परिचालन रु.३२३ अर्ब २४ करोड छ। 

विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको पनि प्रतिवेदनले उल्लेख गरेको छ। 
 

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, मंसिर २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्