Kathmandu Press

एनपिएलको पहिलो सुपर ओभरमा पोखरा विजयी, विराटनगरकाे प्ले अफ सम्भावना लगभग सकियाे

सुपर ओभरमा पोखराले विराटनगरलाई १३ रनले हरायो। सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाउन सक्यो।
एनपिएलको पहिलो सुपर ओभरमा पोखरा विजयी, विराटनगरकाे प्ले अफ सम्भावना लगभग सकियाे

काठमाडाैं, मंसिर २७ : अलराउन्डर रेमन रेइफरको उत्कृष्ट प्रदर्शन मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रियिमर लिगको पहिलो सुपर ओभर जितेको छ। 

सुपर ओभरमा पोखराले विराटनगरलाई १३ रनले हरायो। सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाउन सक्यो। ब्याटिङमा विराटनगरका मार्टिक गप्टिल र निकलस किर्टोन थिए भने बलिङमा पोखराका रेइफर थिए।

त्यसअघि रेइफर र आन्द्रे गौसले सन्दीप लामिछानेको ओभरमा १८ रन बनाएका थिए। रेइफरले सन्दीपलाई २ छक्का र १ चौका प्रहार गरेका थिए।

Hardik ivf

त्यसअघि १४० रनको लक्ष्य पछ्याएको पोखराले ६ विकेटको क्षतिमा १३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो। अन्तिम बलमा जितका लागि ७ रन चाहिएको अवस्थामा रेइफर बासिर अहमदलाई छक्का हान्दै खेललाई सुपर ओभरमा लगेका थिए।

रेइफरले २३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए। त्यसअघि गौसले २७ बलमा ७ चौका प्रहार गर्दै ३९ रन बनाए भने कुशल भुर्तेलले ३१ रनको इनिङ खेले।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४ ओभरमा १८ रन मात्र खर्चेर ४ विकेट लिए भने क्रिस सोलले २ विकेट लिए।

त्यसअघि टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन बनायो।

विराटनगरका लागि एनपिएलमा डेब्यू गरिरहेका स्टक इडवार्ड्सले सर्वाधिक ४५ रन बनाए। उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे। यस्तै, लोकेश बमले १६ बलमा समान २ चौका र छक्का मद्दतमा २६ रन बनाउँदा बासिर अहमदले २१ र निकोलस किर्टोनले १९ रन बनाए।

इडवार्र्डसले चौथो विकेटका लागि किर्टोनसँग ४३ र पाँचौं विकेटका लागि बासिरसँग ४० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यही दुई साझेदारीको मद्दतमा विरानटगरले प्रतिस्पर्धाक स्कोर बनायो।

बलिङमा पोखराका सागर ढकाल र रेमोन रेइफरले समान २ विकेट लिए भने कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए।

यो हारसँगै विराटनगरको प्ल्ेअफ पुग्ने सम्भावना गणीतिय रुपमा मात्र बाँकी छ। यता, पोखराको भने सम्भावना कायमै छ। ५ खेलमा विराटनगरले १ खेल जितेको छ भने समान खेलमा पोखराले २ खेल जितेको छ।

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्