एनपिएलमा पहिलो सुपर ओभर
विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको निर्धारित २० ओभरको खेल बराबरी सकिएपछि खेल सुपर ओभरमा गएको हो।
काठमाडाैं, मंसिर २७ : जारी नेपाल प्रिमियर लिगमा पहिलो सुपर हुने भएको छ। विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको निर्धारित २० ओभरको खेल बराबरी सकिएपछि खेल सुपर ओभरमा गएको हो।
टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै विरानगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले ६ विकेटको क्षतिमा १३९ रन बनायो।
अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्था रेमन रेइफरले छक्का हान्दै खेललाई सुपर ओभरमा लगेका हुन्।
प्रकाशित मिति: १२:२० बजे, बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












