Kathmandu Press

सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

आज बस्ने स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको हो। 
सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

काठमाडौं, मंसिर २७ : नेकपा एकीकृत समाजवादीले सांगठनिक संरचना फेरबदल गर्ने भएको छ।

आज बस्ने स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको हो। 

Hardik ivf

आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्नेछ। 

पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार  विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्नेछ। 

बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्