Kathmandu Press

विरागनटरले दियो पोखरालाई १४० रनको लक्ष्य

टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन बनायो।
विरागनटरले दियो पोखरालाई १४० रनको लक्ष्य

काठमाडाैं, मंसिर २७ : जारी नेपाल प्रियिमर लिगमा आफ्नो पाँचौं खेल खेलिरहेको विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन बनायो।

विराटनगरका लागि एनपिएलमा डेब्यू गरिरहेका स्टक इडवार्ड्सले सर्वाधिक ४५ रन बनाए। उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे। यस्तै, लोकेश बमले १६ बलमा समान २ चौका र छक्का मद्दतमा २६ रन बनाउँदा बासिर अहमदले २१ र निकोलस किर्टोनले १९ रन बनाए।

Hardik ivf

इडवार्र्डसले चौथो विकेटका लागि किर्टोनसँग ४३ र पाँचौं विकेटका लागि बासिरसँग ४० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यही दुई साझेदारीको मद्दतमा विरानटगरले प्रतिस्पर्धाक स्कोर बनायो।

बलिङमा पोखराका सागर ढकाल र रेमोन रेइफरले समान २ विकेट लिए भने कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए।

प्रकाशित मिति: १०:४६ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्