Kathmandu Press

अनाथ बालबालिकाका लागि केएल राहुलको ब्याट लिलामीमा

काठमाडौं, वैशाख ९ : भारतीय ब्याट्सम्यान केएल राहुलले सन् २०१९ एकदिवसीय विश्वकपको आफ्नो ब्याट लिलामीमा राखेका छन्। राहुलले अनाथ तथा गरिब बालबालिकाको सह....

अनाथ बालबालिकाका लागि केएल राहुलको ब्याट लिलामीमा

काठमाडौं, वैशाख ९ : भारतीय ब्याट्सम्यान केएल राहुलले सन् २०१९ एकदिवसीय विश्वकपको आफ्नो ब्याट लिलामीमा राखेका छन्। राहुलले अनाथ तथा गरिब बालबालिकाको सहयोगका लागि आफ्नो ब्याट लिलामीमा राखेका हुन्। 

राहुलले जन्मदिनका आवसरमा सोमबार ट्वीटरमार्फत आफ्नो ब्याटसँगै विश्वकपमा आफूले प्रयोग गरेका अन्य सामग्रीहरु लिलामी गर्ने निर्णय गरेका हुन्। लिलामीबाट प्राप्त हुने रकम गरिब र अनाथ बालबालिकालाई पढाइरहेको संस्था अवारा फाउन्डेसनलाई दिने पनि राहुलले बताएका छन्। 

‘यो फाउन्डेसनले अनाथ बालबालिकालाई सहयोग गरिरहेको छ। म पनि ती बालबालिकालाई सहयोग गर्न चाहन्छु। त्यसैले विशेष दिनमा विशेष घोषणा गरेको छु,’ राहुलले भनेका छन्, ‘लिलामीमा भाग लिनुहोस्, ती बालबालिका र मलाई पनि थोरै माया दिनुस्, र, अहिलेको अवस्थामा हामीलाई साथ दिनुस्।’

सन् २०१९ को विश्वकपमा प्रयोग गरेको हस्ताक्षरसहितको ब्याट, प्याड, ग्लोब्स, हेल्मेट र टेस्ट, वानडे र टी–२० को जर्सी लिलामीमा राखिएको छ। लिलामी सोमबारबाटै सुरु भएको छ। 

२८ वर्षीय राहुलले भारतका लागि ३६ टेस्ट, ३२ एकदिवसीय र ४२ टि–२० खेल खेलेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फम्र्याटमा शतक प्रहार गरेका छन्। 

प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्