Kathmandu Press

स्वास्थ्यकर्मीको सम्मानमा फुटबलरले बजाए ताली

काठमाडौं, वैशाख ९ : कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर बिरामीको उचपारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान गर्दै नेपाली फुटबलरहरुले ....

 स्वास्थ्यकर्मीको सम्मानमा फुटबलरले बजाए ताली

काठमाडौं, वैशाख ९ : कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर बिरामीको उचपारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान गर्दै नेपाली फुटबलरहरुले ताली बजाएका छन्। 

कोरोनाको त्रासबीच आफ्नो ज्यान नै जोखिममा राखेर दिनरात सेवामा खटिइरहेका स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरुको सम्मान र हौसला बढाउन नेपाली फुटबलरहरुले ताली बजाएका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को पहलमा फुटबलरले ताली बजाएका हुन्।

फुटबलरहरूले ताली बजाएरको भिडियो आफ्नो अफिसियल फेसबुक पेजमा राख्दै एन्फाले लेखेको छ, ‘महामारीविरुद्ध लड्न खटिनु भएका सम्पूर्णमा धन्यवाद ! स्वास्थ्यकर्मीहरु तथा अन्य पेसामा संलग्न भइ जो महामारीविरुद्ध लड्न खटिनु भएको छ, तपाईंहरू असली नायक हुनुहुन्छ, तपाईंहरुलाई असीम ताली !’

स्वास्थ्यकर्मीहरुको सम्मानमा २७ जना फुटबलर र प्रशिक्षकहरूरुले ताली बजाएका छन्। जसमा राष्ट्रिय टिमका प्रशिक्षक योहान कालिन, हरि खड्का, अनिल गुरुङ, किरण चेम्जोङ, रोहित चन्द, अभिषेक रिजाल, सावित्रा भण्डारी, अन्जली तामाङ, सरु लिम्बूलगायत छन्। 

आइतबार मात्र फिफाले पनि विश्वभर खटिएका स्वास्थ्यकर्मीहरुको सम्मानमा फुटबलरहरुलाई ताली बजाउन लगाएको थियो। फिफाको यो अभियानमा पेले, डिएगो म्याराडोना, डेबिड बेकह्यामदेखि भारतका भाइचिङ भुटियासम्म सहभागी थिए।

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्