बालबालिकाको लागि युट्युबमा वर्णमालासँगै स्वरमाला
काठमाडौं, वैशाख ९ : बालबालिकालाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देस्यले नेपालयले संगीतकार तथा गीतकार आभाससंगको सहकार्यमा वर्णमाल....

काठमाडौं, वैशाख ९ : बालबालिकालाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देस्यले नेपालयले संगीतकार तथा गीतकार आभाससंगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ। दुवै रचना सुन्न हेर्नका निम्ति छुट्टै च्यानलको सञ्चालन पनि गरेको छ।
नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्यूबमा 'नेपाली बाल रचना' नामको च्यानल सञ्चालनमा ल्याइएको छ। ग्त तिहारमा नेपालयले यहि च्यानलमार्फत् बालबालिकाको लागि उपहार स्वरुप वर्णमाला ९व्यन्जन० सार्वजनिक गरेको थियो।
अहिले स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक गर्न लागिएको हो। स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले 'अक्कलमान' नामको चरित्र निर्माण गरेका छन्।
'अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म' स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर(अक्षरलाई आभासले यसैगरि चार हरफका गीतमा उनेका छन्। कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुकासाथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्याउनेछ।
'बालबालिकाहरू प्राकृतिक र रिदमिक हुन्छन्, त्यसैले उनीहरूलाई भाका र तालले छिट्टै आकर्षित गर्छन् र सजिलै नयाँ कुरा सिक्छन्स त्यही महसुस गरेर मैले शैक्षिक कुरामा पनि धुन भरेको हुँ। यो संसारभरि सफल भएको सिकाउने उत्तम शैली पनि हो। हाम्रो भाषामा यस्ता रचनाहरू अझ धेरै सृजना गर्नु जरुरी छ,' सर्जक आभासले भने।
'वर्णमाला र स्वरमालाका साथै बालबालिकाका निम्ति उपयुक्त गीति रचनाहरूमा थप काम भइरहेको छ। यो श्रृंखलामा विषयको विविधता समावेश गरिने छ। यसलाई हाम्रो बाल रचना च्यानलमार्फत् सार्वजनिक गर्नुका साथै पुस्तक पनि प्रकाशन गर्ने छौं,’ नेपालयका किरणकृष्ण श्रेष्ठले भने।
वर्णमालामा चर्चित गायिकाहरू मीना निरौला र बेनुका राईले स्वर दिएका छन्। स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ।












