Kathmandu Press

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो।
ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, मंसिर २५ : नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो।

मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ। अघिल्लो दिन सोमबार प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो।
 
प्रकाशित मिति: ११:०६ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्