Kathmandu Press

पार्टी छाड्ने र निष्क्रिय हुने प्रवित्ति बढ्यो: उपाध्यक्ष ज्ञवाली

उनले नेता र कार्यकर्तालाई मितव्ययी, इमानदार र सच्चा कम्युनिष्टको परिचय दिन निर्देशन दिए।
पार्टी छाड्ने र निष्क्रिय हुने प्रवित्ति बढ्यो: उपाध्यक्ष ज्ञवाली

झापा, मंसिर २४ ।  नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढेको विषयमा चिन्ता व्यक्त गरेका छन्।

झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आज आयोजित पार्टीका नेता कार्यकर्ताहरूको बृहत् भेलामा ज्ञवालीले नेता, कार्यकर्ताले पार्टीका आधिकारिक बैठकबाहेक अन्यत्र गएर बोल्ने प्रवृत्तिले पार्टी अनुशासनमा चुनौती ल्याएको उल्लेख गरे।

उनले नेता र कार्यकर्तालाई मितव्ययी, इमानदार र सच्चा कम्युनिष्टको परिचय दिन निर्देशन दिए।

प्रकाशित मिति: १९:०९ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्