Kathmandu Press

व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नहुँदा जनता चिन्तित छन्: ज्ञवाली

नेकपा एमालेको उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा व्यवस्था परिवर्तन भएतापनि अवस्था भने परिवर्तन हुन नसकेको बताएका छन्।
व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नहुँदा जनता चिन्तित छन्: ज्ञवाली

काठमाडौं, २४ । नेकपा एमालेको उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा व्यवस्था परिवर्तन भएतापनि अवस्था भने परिवर्तन हुन नसकेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रिय समितिद्धारा ७४ औं मुक्ति दिवसको अवसरमा आयोजित विचार गोष्ठि कार्यक्रममा उनले क्रान्तिमा सहभागी भएका जनताहरुको अपेक्षा अनुसार परिवर्तन गर्न चुकेको भन्दै जनतालाई साँचो अर्थमा परिवर्तन ल्याएको अनुभूति हुनेगरी कार्यशैली र क्षमतालाई अगाडि बढाउन जरुरी रहेको बताए।

Hardik ivf

उनले भने,‘ क्रान्तिको अर्थ व्यवस्था परिवर्तन मात्रै होइन क्रान्तिले व्यवस्था पनि परिवर्तन गर्छ र अवस्था पनि परिवर्तन गर्छ। अहिले ठूला परिवर्तनपश्चात पनि नेपालमा एक खालको गुनासो छ। व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने गुनासो छ। खोजेजस्तो जीवनमा परिवर्तन आउँन सकेन। त्यो केही हदसम्म सत्य हो जस्तो लाग्छ। क्रान्तिमा सहभागी भएका जनताहरुको जे अपेक्षा थिए ति कुराहरु कतै न कतै चुकिरहेको जस्तो लाग्छ। जनतालाई साँचो अर्थमा परिवर्तन ल्याएको अनुभुति हुनेगरी हाम्रो कार्यशैली र क्षमतालाई अगाडि बढाउन जरुरी छ।’

उनले विकास निर्माणसँग जोड्ने कुरा होस् या बाह्य सम्बन्ध निर्माण गर्ने कुरा ,सबैमा नेपाली जनताको इच्छा र निर्णय नै अन्तिम हुने व्यवस्थामा राज्य अहिले पनि कुण्ठित भएको उनको भनाइ छ।

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्