Kathmandu Press

देशभर २१२ होटल, १३२ रिसोर्ट र ३६ क्यासिनोलाई सञ्चालन अनुमति

नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ ।
देशभर २१२ होटल, १३२ रिसोर्ट र ३६ क्यासिनोलाई सञ्चालन अनुमति

काठमाडौं, मंसिर २४ । नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ ।

पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ । विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ।

Hardik ivf

विभागका अनुसार, अनुमतिप्राप्त होटलहरूमध्ये ४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स) होटल रहेका छन्।

त्यस्तै, साधारण हेरिटेज/बुटिक होटल १, डिलक्स हेरिटेज/बुटिक होटल ३, र लक्जरी हेरिटेज/बुटिक होटल ३ गरी कुल २ सय १२ होटललाई अनुमतिपत्र प्रदान गरिएको छ ।

विभागले एक सय २३ साधारण रिसोर्ट, ६ डिलक्स रिसोर्ट र तीन लक्जरी रिसोर्टलाई अनुमति प्रदान गरेको छ।

त्यस्तै विभागले ९ वटा ठूला क्यासिनो र १७ वटा आधुनिक मेसिन वा उपकरणमार्फत खेलाइने मिनी क्यासिनोलाई अनुमति दिएको छ।

यस्तै, तीनवटा क्यासिनो अदालतको स्टे अर्डरका कारण सञ्चालनमा रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्