Kathmandu Press

रवि लामिछानेलाई पर्सा पुर्‍याइयो

सानोपाइला सहकारीबाट गोर्खा मिडियामा ८ करोडभन्दा बढी रकम प्रवाह भएको संसदीय विशेष छानबिन समितिले देखाएको थियो।
रवि लामिछानेलाई पर्सा पुर्‍याइयो

काठमाडौं, मंसिर २४ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पर्सा पुर्‍याइएको छ।

वीरगन्जको सानोपाइला सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेमाथि पनि अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो। समितिको छानबिनमा उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि पर्सा प्रहरीले अदालतबाट लामिछानेविरूद्ध पक्राउ पुर्जी लिएको थियो।

Hardik ivf

सोमबार कास्कीबाट जहाजमा काठमाडौं हुँदै सिमरा लगिएको र सिमराबाट वीरगन्ज पुर्‍याइएको हो। जिल्ला प्रहरी कार्यालय पर्साले लामिछानेलाई बयानका लागि ल्याइसकिएको जनाएको छ।

सोही प्रकरणमा छबिलाल जोशी र नेचर्स हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई गएराति नै प्रहरीले पर्सा पुर्‍याइसकेको थियो।

सानोपाइला सहकारीबाट गोर्खा मिडियामा ८ करोडभन्दा बढी रकम प्रवाह भएको संसदीय विशेष छानबिन समितिले देखाएको थियो।

सोही विषयमा बयानका लागि उनीहरूलाई पर्सा पुर्‍याइएको हो।

लामिछाने र जोशीलाई  जिल्ला अदालत कास्कीले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अनुमति दिएको थियो।

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्