Kathmandu Press

नेप्से १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

 कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो।
नेप्से १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं, मंसिर २४ : सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो।

कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो। जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो।

Hardik ivf

यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। उत्पादन, लगानी, र फाइनान्स समूहका परिसूचकहरू क्रमशः १.०६%, ०.७६%, र ०.१५% ले वृद्धि भए। 

तर बैंकिङ ०.४६%, विकास बैंक ०.६८%, होटल तथा पर्यटन ०.८३%, हाइड्रोपावर ०.५४%, जीवन बीमा १.६७%, माइक्रोफाइनान्स ०.६१%, निर्जीवन बीमा १.१६%, र व्यापार समूह १.३०% ले घटेका छन।

इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ८.७% ले वृद्धि भयो । त्यस्तै, महिला लघुवित्तको ७.१%, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३%, र हिमालयन डिस्टिलरीको ५.९९% ले वृद्धि भएको छ। खानीखोला हाइड्रोपावरको मूल्य ८.२%, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२%, र सुपरमाइ हाइड्रोपावरको ३.८% ले घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहेका छन्। 

प्रकाशित मिति: १६:३० बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्