Kathmandu Press

सरकारमा भएकाहरू विचौलिया र दलालको हातमा रहेको दाहालको आरोप

उनले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भन्नेजसो गर्दै मुखौटाका रुपमा नेताहरुले काम गरिरहेको आरोप लगाए।
सरकारमा भएकाहरू विचौलिया र दलालको हातमा रहेको दाहालको आरोप

काठमाडौं, मंसिर २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले सरकार कांग्रेस–एमालेको नभएर विचौलिया र दलालहरुको हातमा रहेको आरोप लगाएका छन्। 

सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका नेताहरू विचौलियाको भूमिकामा रहेको आरोप लगाए। 

उनले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भन्नेजसो गर्दै मुखौटाका रुपमा नेताहरुले काम गरिरहेको आरोप लगाए।

‘सरकारमा रहेका राजनीतिक दलका नेताहरुको हातमा राजनीति छैन। उनीहरुको राजनीति विचौलिया र दलालहरुको को हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ,’ उनले भने, ‘उनीहरु त खाली मुखौटामात्रै हुन्, विचौलियाहरुले घुमाएर विचौलियाहरूले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरूभन्दा बाहेक केही पनि देखिएन।’

उनले दलाल विचौलियाहरुले आफ्नो संख्याको तागत देखाएको भन्दै अब आफुहरूले जनताको तागत फेरि एकचोटी देखाउनुपर्ने अवस्था आएको बताए। 

‘सरकार छाड्दै गर्दा जनताप्रति र राष्ट्रप्रतिको निष्ठा, विश्वाससहित आफूले गरेको विगतका केही कमीहरुको पनि आत्मसमीक्षा ग¥यौं,’ उनले भने, ‘दलाल विचौलियाहरुले त आफ्नो संख्याको तागत देखाए अब हामीले जनताको तागत एकचोटी देखाउनुपर्ने भयो।’ 

अध्यक्ष दाहालले उपनिर्वाचनमा पालिकातिरको मत जोड्दा माओवादी सिधै एक नम्बर भएको तर एक नम्बर भन्न बल नआएको दाबी गरे। 

प्रकाशित मिति: १६:१४ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्