Kathmandu Press

सरकारले रविलाई अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : अध्यक्ष दाहाल

‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मारवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ अध्यक्ष दाहालले लेखेका छन्। 
सरकारले रविलाई अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : अध्यक्ष दाहाल
फाइल तस्बिर।

काठमाडौं, मंसिर २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेको बताएका छन्। 

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत लामिछानेमाथि सरकारले अमानवीय व्यवहारको गरिरहेको भन्दै त्यससको निन्दा गरेका हुन्।

सहकारी ठगी प्रकरणमा कास्की हिरासतमा रहेका रविलाई आज पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा हुँदै पर्सा बयानका लागि लगिएको छ। 

‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मारवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ अध्यक्ष दाहालले लेखेका छन्। 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्