Kathmandu Press

बीमा प्राधिकरणका अध्यक्ष सिवलावाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको भन्दै सोमबार विशेष अदालतमा सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 
बीमा प्राधिकरणका अध्यक्ष सिवलावाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, मंसिर २४ : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको भन्दै सोमबार विशेष अदालतमा सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अख्तियारले उनीविरुद्ध राहदानी केरमेट र जालझेल गरेको आरोपमा पनि लगाएको छ। 

उमेर ढाँटेर पदमा बसेको र त्यसबाट व्यक्तिगत लाभ लिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले १५ साउन २०८० पछि उनले लिएको पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी मुद्दा दायर गरेको छ।

२०६६ सालमा सिलवालले लिएको नागरिताको प्रतिलिपीमा उनको जन्ममिति २०१६ कात्तिक २२ उल्लेख छ। तर, तर निजामती सेवा प्रवेश गर्दा उनले जन्ममिति २०१५ साउन १५ उल्लेख छ। शैक्षिक प्रमाणपत्रमा पनि त्यही जन्ममिति उल्लेख छ। 

प्रकाशित मिति: १५:५६ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्