Kathmandu Press

रविलाई काठमाडौं ल्याइयो, जहाजबाट सिमरा हुँदै वीरगञ्ज लगिने

उनलाई बयानका लागि वीरगञ्ज लैजान सामेबार दिउँसो पोखराबाट काठमाडौं ल्याइएको हो। उनलाई आजै काठडमाडौंबाट सिमरा जहाबाट लगिँदैछ। सीमराबाट गाडीमा रविलाई वीरगञ्ज लगिने छ।
रविलाई काठमाडौं ल्याइयो, जहाजबाट सिमरा हुँदै वीरगञ्ज लगिने

काठमाडौं, मंसिर ४ : सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइएको छ। 

उनलाई बयानका लागि वीरगञ्ज लैजान सामेबार दिउँसो पोखराबाट काठमाडौं ल्याइएको हो। उनलाई आजै काठडमाडौंबाट सिमरा जहाबाट लगिँदैछ। सीमराबाट गाडीमा रविलाई वीरगञ्ज लगिने छ।

Hardik ivf

वीरगञ्जको सानोपाइला सहकारीको रकम हिनामिना प्रकरणमा १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको थियो। सो प्रकरणमा बयानका लागि उनलाई वीरगञ्ज लैजान काठमाडौं ल्याइएको हो। 

यही प्रकरणमा मुछिएका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिसकिएको छ।

सहकारी ठगी प्रकरणमै सोधपुछका लागि रविलाई यसअघि रुपन्देही, काठमाडौं र चिवतन लगिसकिएको छ।

रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। रविविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १५:१० बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्