Kathmandu Press

आधा केजी सुनसहित काभ्रेबाट २ जना पक्राउ

पक्राउ पर्नेमा रोशी–९ का ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली–१का २९ वर्षीय अमृत श्रेष्ठ छन्। 
आधा केजी सुनसहित काभ्रेबाट २ जना पक्राउ

काठमाडौं, मंसिर २४ : प्रहरीले आधा केजी सुनसहित काभ्रेबाट २ जनालाई पक्राउ गरेको छ। 

प्रहरीले काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो।

Hardik ivf

पक्राउ पर्नेमा रोशी–९ का ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली–१का २९ वर्षीय अमृत श्रेष्ठ छन्। 

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारको सिटमुनी प्लास्टिकको झोलामा लुकाएर लैजाँदै थिए। 

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्