संविधान विरोधीले टिप्पणी गर्ने बाटो नराखौं : मुख्यमन्त्री कँडेल
संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरि कानून निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने मुख्यमन्त्री कँडेलले बताए।सुर्खेत, मंसिर २४ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टिकाटिकप्पणी गर्ने अवस्था आएको बताएका छन्।
वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान बिरोधीले टिप्पणी गर्ने बाटो खुलेको धारणासमेत राखे।
संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरि कानून निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने मुख्यमन्त्री कँडेलले बताए।
प्रदेशका सबै सुरक्षा निकायहरुसँग समन्वयात्मक ढंले काम भइरहेको भएपनि व्यवहारिकता मात्रले मात्र समन्वय गर्दा कार्यान्वयनमा जटिलता आउने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो।
संविधानतः प्रदेशलाई प्राप्त शान्ति सुरक्षा कायम गर्न प्रहरी समायोजनको विषयलाई अन्यौलपूर्ण नराखी छिटो टुंगोमा पुगाउन पनि मुख्यमन्त्री कडेले आग्रह गरे।
‘गृहमन्त्री ज्यूलाई यो विषयमा राम्रोसँग जानकारी छ, जे गर्ने हो छिटो टुंगो लगाउनेतिर ध्यान दिनुहोला,’ उनले भने।
गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र केन्द्र, प्रदेश तथा जिल्लास्थित राष्टिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेकोछ।