‘सरकारले सुशासनका पक्षमा काम गर्छ भने हाम्रो साथ रहन्छ’
‘सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो। सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ। यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ,’ उपमहासचिव पुनले भने।
तनहुँ, मंसिर २४ : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन्।
प्रेस सेन्टर नेपाल तनहुँ शाखाले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गरे।
आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो। उनले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताए।
‘सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो। सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ। यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ,’ उपमहासचिव पुनले भने। माओवादी अहिले सरकार फेरबदलमा नलाग्ने पनि बताए।
उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा उनको जोड थियो।
‘व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौ, जनताले खोजेको पनि यही हो,’ उलने भने, ‘अहिले हामी संगठन सुधारको अभियानमा लागिरहेका छौं।’












