Kathmandu Press

शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश  लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठूला दलहरु मिलेर समस्या समाधान गरेको बताए। साथै उनले दुई ठूला दल एमाले–कांग्रेस मिलेर संविधान बनाएको बताए। 
शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

सुर्खेत, मंसिर २४ : गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। 

गृहमन्त्री रमेश  लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठूला दलहरु मिलेर समस्या समाधान गरेको बताए। साथै उनले दुई ठूला दल एमाले–कांग्रेस मिलेर संविधान बनाएको बताए। 

Hardik ivf

‘यो सरकार केही मानिसहरुलाई मन्त्री  बनाउन र सरकार बनाउँनका लागि मात्र सरकार बनेको होइन्। केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उचिएका हौं, आर्थिक क्रियाकलाप कमजोर बने । त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौं,’ उनले भने, ‘६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलैमध्ये एक नेपाल हो। धेरै संविधान बनाउनु भनेको देश अस्थित हुनु हो। हामी स्थितरका लागि सरकार बनाएका छौं।’

उनले जनतामा डेलिभरीको समस्या भएको बताए। धेरै विषय गृहमन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताए। 

उनले शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनपर्ने सेवाको स्थिती सुदृढ गर्न कुनैपनि सम्झौंता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। उनले अनुशासन कायम राख्नुपर्ने समेत बताएका छन्। 

व्यक्तिको चरित्र हत्या गर्ने, जाति धर्म र क्षेत्रको विचमा दोस लगाउने खालको गतिविधीमा केन्द्रित हुनुपर्ने बताए। सरकारको स्थायित्व,मुलुकको स्थायीत्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रीत हुनपर्ने बताए। 

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्