Kathmandu Press

बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी हो : कांग्रेस

‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौं, अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन,’ उनले भने।
बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी हो : कांग्रेस

काठमाडौं, मंसिर २४ : सत्तारुढ दल नेपाली कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको बताएको छ।

सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्नेे कांग्रेसको निर्णय अहिले पनि कायमै रहेको र सोही अनुसार बिआरआईमा सम्झौता भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। 

Hardik ivf

रअहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको पनि बैठकले डा. महतले बताए। 

‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौं, अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन,’ उनले भने, ‘ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ।’

कांग्रेसको भनाइ अनुसार नै सरकारले चीन आफ्ना धारणा प्रस्तुत गरेको बताउँदै डा.महतले परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारबाट अघि बढ्ने उल्लेख गरे। 

शर्तसहितको ऋण लिँदा परियोजना सकिएपछि पनि ऋण तिर्न नसकिने अवस्था हुने भएकाले कांग्रेसले बिआरआई अनुदानमा मात्र सम्झौता हुनेपर्ने अडान लिएको उनले बताए। उनले नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा रहेको पनि बताए।
 

प्रकाशित मिति: १३:३० बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्