Kathmandu Press

‘सरकारले भ्रष्टाचारविरुद्ध राष्ट्रिय रणनीति तथा कार्ययोजना बनाइरहेको छ’

मन्त्री सिंहले भ्रष्टाचारलाई सरकारी सार्वजनिक, नीति क्षेत्र र नागरिक समाजसँग सहकार्य र सहयोगमा निवारण गर्नेलगायतका विषयलाई सम्बोधन गर्ने सरकारको तयारी रहेको बताए। 
‘सरकारले भ्रष्टाचारविरुद्ध राष्ट्रिय रणनीति तथा कार्ययोजना बनाइरहेको छ’

काठमाडौं, मंसिर २४ : उपप्रधानमन्त्री एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन्। 

सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कार्यान्वयन गर्ने सम्बन्धी रणनीति तथा कार्ययोजना २०६९ को कार्यान्वयन तयारी भइरहेको बताए। उनले दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणको चरणमा रहेको बताए। 

Hardik ivf

मन्त्री सिंहले भ्रष्टाचारलाई सरकारी सार्वजनिक, नीति क्षेत्र र नागरिक समाजसँग सहकार्य र सहयोगमा निवारण गर्नेलगायतका विषयलाई सम्बोधन गर्ने सरकारको तयारी रहेको बताए। 

भ्रष्टाचारविरुद्ध लड्न र सभ्य समाज निर्माण गर्ने कार्यमा सबै जिम्मेवार संयन्त्र, निकाय र प्रदाधिकारीहरुले आफ्नो दायित्वलाई जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिबद्ध रहनुपर्ने उनले बताए। 

‘भ्रष्टाचार निवारणका लागि विभिन्न कार्यहरु गर्न, भ्रष्टाचारविरुद्ध लड्न, जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्यक्रमको सन्दर्भमा भ्रष्टाचार विरुद्धको दिवस महत्वपूर्ण छ,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध लड्न र सभ्य समाज निर्माण गर्ने कार्यमा सबै जिम्मेवार संयन्त्र, निकाय र प्रदाधिकारीहरुले गम्भीरतापूर्वक आफ्नो दायित्वलाई जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिबद्ध रहनुपर्ने छ।’

भ्रष्टाचारले प्रजातान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने काम गर्ने भन्दै यस प्रकारका समस्या समाधान गर्नको लागि साझा प्रयासका रुपमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनको भनाई छ।
 

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्