Kathmandu Press

जीप दुर्घटनामा सात जना घाइते

बाजुरामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
जीप दुर्घटनामा सात जना घाइते

बाजुरा, मंसिर २३ ।  बाजुरामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

 जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा आज जीप दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।

Hardik ivf

हिमालीको धुलाचौरबाट धीम जार्दै गरेको ग २ च ६३०७ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १३ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए।

दुर्घटनामा हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धिरेन्द्र रावत, २२ वर्षीय मानबहादुर बुढा, २८ वर्षीय जङ्गबहादुर रोकाया, ४० वर्षीय जनक रावत, सोही गाउँपालिका–६ का महेन्द्र्र रावत, ३० वर्षीय बमबहादुर रावत र ४६ वर्षीय कलबहादुर रावत रहेका प्रहरीले जनाएको छ ।

घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार नै सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

प्रकाशित मिति: २१:०९ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्