Kathmandu Press

भारतलाई हराउँदै बंगलादेश जित्यो यू–१९ एसिया कप

आइतबार दुबईमा भएको फाइनलमा भारतलाई ५९ रनले हराउँदै बंगलादेशले उपाधि जितेको छ। 
भारतलाई हराउँदै बंगलादेश जित्यो यू–१९ एसिया कप

काठामडाैं, मंसिर २३ : यू–१९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ। आइतबार दुबईमा भएको फाइनलमा भारतलाई ५९ रनले हराउँदै बंगलादेशले उपाधि जितेको छ। 

बंगलादेशले लगातार दाेस्राे पटक याे उपाधि जितेकाे हाे। 

पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १९९ रनको मध्यम लक्ष्य पछ्याए भारत ३५.२ ओभरमा १३९ रनमै अलआउट भयो। उसका लागि कप्तान मोहमद अमानले २६ रन बनाउँदा हार्दिक राजले, २४ केपी कार्तिक्यले २१ र आन्द्रे सिद्धार्थले २० रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

भारतको इनिङ धरासायी बनाउने क्रममा इक्बाल हुसैन इमोन र अजिजुल हाकिमले समान ३ विकेट लिँदा अल फहादले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेश ५ बल बाँकी छँदा १९८ रनमा अलआउट भयो। उसका लागि रिजन हसनले सर्वाधिक ४७ रन बनाउँदा मोहम्मद सिहाब जेम्सले ४०, फरिद हसनले ३९ रनको योगदान दिए।

बलिङमा भारतका युधजित गुह, चेतन शर्मा र हार्दिक राजले समान २ विकेट लिए।

प्रतियोगितामा कुल ११ विकेट लिएका इमोन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने। 

प्रकाशित मिति: २०:५७ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्