Kathmandu Press

जापान प्रकरणमा सांसद अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णयविरूद्ध परेको रिट सर्वोच्चमा दर्ता नहुने

कात्तिक १० गते पक्राउ परेका अधिकारी सरकारी वकिल कार्यालय काठमाडौंको निर्णयसँगै कात्तिक २५ गते हिरासतमुक्त भएका थिए।
जापान प्रकरणमा सांसद अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णयविरूद्ध परेको रिट सर्वोच्चमा दर्ता नहुने

काठमाडौं, मंसिर २३ । कोशीका प्रदेश सांसद लिलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा दायर भएको रिट दर्ता नहुने भएको छ।

जापान प्रकरणमा सरकारी वकिल  कार्यालय काठमाडौंले कोशीका पूर्वमन्त्रीसमेत रहेका अधिकारीमाथि मुद्दा चलाउन नपर्ने भनेपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए।

उनले दिएको रिट सर्वोच्चले दरपीठ गरिदिएपछि दरपीठविरूद्ध पनि रिट परेको थियो। आइतबार सर्वोच्चका न्यायाधी कुमार चुडालको इजलासले सर्वोच्चले यसअघि गरेको दरपीठ सदर गरेसँगै अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध परेको रिट दर्ता नहुने भएको हो।

कात्तिक १० गते पक्राउ परेका अधिकारी सरकारी वकिल कार्यालय काठमाडौंको निर्णयसँगै कात्तिक २५ गते हिरासतमुक्त भएका थिए।

उनीबाहेक अरू ११ जनाविरूद्ध भने मुद्दा चलाउन सरकारी वकिल कार्यालयले निर्णय गरेको थियो।

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्