Kathmandu Press

प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयोः अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । 
प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयोः अर्थमन्त्री

काठमाडौं, मंसिर २३ । अर्थमन्त्री विष्णु पौडेलेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । 

आइतबार पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो  प्रदर्शनीमा अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर प्रचार भएकोमा आपत्ति जनाएका हुन् ।

Hardik ivf

उनले भने,‘यसमा सच्चाइको एउटा सानो अंश पनि छैन् । त्यस्तो धन्दामा रमाउने साथीहरुलाई मेरो आग्रह छ–मनको लड्डु घिउसँग खानुहोस् । यो भन्दा थप भन्नु पर्ने केही छैन । यस्तो खालको अविश्वासनीय समाचारले कसैलाई पनि फाइदा गर्दैन। ’

उनले आफूहरु सरकारमा आउँदा समस्या र चुनौतीको चाङ रहेको भन्दै   त्यसैलाई पन्छाउने कोशिसमा सरकार रहेको बताए। अर्थतन्त्रको तरलता अहिले सहजताको अवस्थामा ल्याइ अर्थतन्त्रलाई अझ गतिशिल बनाउने दिशामा सरकार रहेको उनको भनाइ छ।

'हामी सरकारमा आउँदै गर्दा विरासतमा केही बोझहरु थिए । समस्याको चाङ थियो । त्यसलाई पन्छउँदै जाने काम गरिराखेको छौं । क्रमशः विद्यमान चुनौतीहरुलाई, समस्याहरुलाई विस्तारै– विस्तारै पन्छाउने कोशिस गरिरहेका छौं । हिजो बैंकको ब्याजदर बढि भयो भन्ने गुनासो थियो, सिंगल डिजिटमा झार्न सफल भएका छौं । तरलता सहजताको अवस्थामा छ । हामी उत्पादकत्व वृद्धि ,रोजगारी सृजनालगायतका क्षेत्रमा काम गरिरहेको छौ । अर्थतन्त्रलाई अझ गतिशिल बनाउने दिशामा हामी लागेका छौं,' उनले भने।

प्रकाशित मिति: १९:०१ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्