Kathmandu Press

देश चलाउने कुरा गाली गरेजस्तो र सहकारी ठगी जस्तो होइन: प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नभएको बताएका छन्। 
देश चलाउने कुरा गाली गरेजस्तो र सहकारी ठगी जस्तो होइन: प्रधानमन्त्री 
फाइल तस्बिर।

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नभएको बताएका छन्। 

आइतबार झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्स उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन्।

प्रधानमन्त्री ओलीले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने बताए।

‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन, हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौँ।’

उक्त कार्यक्रममा ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको पनि बताए। चीन भ्रमणपछि भारत जाने भनाइ पनि उनले राखे। 

 

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्