Kathmandu Press

प्रसाईंलाई थप ३ दिन थुनामा राख्न अनुमति

प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा छन्। उनलाई थप ३ दिन थुनामा राख्न म्याद थप भएको हो। 
प्रसाईंलाई थप ३ दिन थुनामा राख्न अनुमति

काठमाडौं, मंसिर २३ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा छन्। उनलाई थप ३ दिन थुनामा राख्न म्याद थप भएको हो। 

प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा अनुसन्धान चलिरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अपुष्ट अभिव्यक्तिमाथि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ।
 
प्रकाशित मिति: १७:१५ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्