Kathmandu Press

सुदूरपश्चिमको पहिलो हार, चितवन ३३ रनले विजयी

आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम चिवतन राइनोजसँग ३३ रनले पराजित भयो।
सुदूरपश्चिमको पहिलो हार, चितवन ३३ रनले विजयी

काठमाडाैं, मंसिर २३ : जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ। आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम चिवतन राइनोजसँग ३३ रनले पराजित भयो।

पहिला ब्याटिङ गर्दै चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपशिचम १८.२ ओभरमा १३१ रनमै अलआउट भयो। उसका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाउँदा सैफ जइबले १८ र स्टक कुगुलेइनले १६ बनाए।

Hardik ivf

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा अमरसिंह रौटेला, जान निकोल लोफ्टी इटोन, कुशल मल्ल र रिजन ढकालले समान २ विकेट लिए। यस्तै, रञ्जित कुमार र सोहेल तनवीरले समान १ विकेट लिए।

टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चिवनले हसन इसाखिलको अर्धशतक मद्दतमा ५ विकेटको क्षतिमा १६४ रन बनायो। इसाखिलले ५२ बलमा ६ चौका र ३ छक्काप ्रहार गर्दै ६५ रन बनाए।

इसाखिलले दोस्रो विकेटका लागि विपिन रावलसँग ५० र तेस्रो विकेटका लागि कुशल मल्लसँग ३९ रनको महत्वूर्ण साझेदारी गरे । विपिनले १७ र कुशलले १३ रन बनाए।

यस्तै, अन्त्यतिर इनफर्म ब्याट्सम्यान रवि बोपराले उत्कृष्ट इनिङ खेले। अघिल्ला २ खेलमा अर्धशतक बनाएका बोपराले १८ बलमा समान २ चौका र २ छक्का मद्दतमा ३६ रन बनाए। 

बलिङमा सुदूरपश्चिमका स्टक कुगुलेइनले २ विकेट लिए भने ब्रान्डन म्याकमुलेन, दीपेन्द्रसिंह ऐरी र सैफ जइबले समान १ विकेट लिए।

हारपछि पनि सुदूरपश्चिम ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमै छ। ६ अंक नै जोडेको चितवन तेस्रो स्थानमा छ।
 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्