Kathmandu Press

‘कार्यपालिका र व्यवस्थापिका बीच तालमेल नहुँदा संसद प्रभावकारी भएन’

उनले संसद सेवालाई प्रभावकारी बनाउनु सबैको दायित्व भएको भन्दै यसलाई सबै मिलेर पूरा गर्नुपर्ने बताए। 
‘कार्यपालिका र व्यवस्थापिका बीच तालमेल नहुँदा संसद प्रभावकारी भएन’

काठमाडौं, मंसिर २३ : सभामुख देवराज घिमिरेले कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यपालिका र व्यवस्थापिकाले एक अर्कालाई छल्न खोज्ने हो भने संसद कहिले अगाडि नबढ्ने बताए।

Hardik ivf

‘कानुनहरुलाई समय अनुसार सुधार गर्दै जानुपर्छ। यसतर्फ कसैको ध्यान गएको छैन। कार्यपालिका र व्यवस्थापिकाको बीचको सम्बन्ध राम्रो हुनुपर्छ,’ उनले भने, ‘यो संस्थाहरुले एक अर्कालाई छल्न खोज्ने, विपरित जान खोज्ने कार्यले पनि संसदको काम कारबाही, संसदीय सेवा, संसलाई प्रभावकारी बनाउने कुरामा समस्या आएको हुनसक्छ । यसमा पनि ध्यान दिएर अगाडि बढ्नुपर्छ।’

उनले संसद सेवालाई प्रभावकारी बनाउनु सबैको दायित्व भएको भन्दै यसलाई सबै मिलेर पूरा गर्नुपर्ने बताए। 

‘हाम्रो संसद सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ। त्यसमा के कस्ता समस्याहरु छन् त्यसलाई पहिचान गर्ने र त्यसको समाधान गर्ने हाम्रो दायित्व हो। मुख्य रुपमा संसदलाई प्रभावकारी बनाउनका लागि यसले दिने सेवा सुविधाहरु जे हुन्, त्यसको आधारमा संसद प्रभावकारी हुन्छ,’ उनले भने।

संसदलाई प्रभावकारी बनाउने कुरामा केही प्रगती भएपनि अझै गर्न बाँकी रहेको पनि उनको भनाई छ।
 

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्