जलश्रोतको दोस्रो धनि देश भएर पनि खाने पानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था छ : मन्त्री यादव
उनले सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्ने भएतापनि अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा चुनौतीहरु रहेको बताए।
काठमाडौं, मंसिर २३ : खानेपानी मन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनि देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्ने भएतापनि अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा चुनौतीहरु रहेको बताए।
‘नेपालको आर्थिक सामाजिक विकासमा खोनपानी र सरसफाई क्षेत्रको महत्व हामी सबैलाई अवगत नै छ। सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्दछ,’ उनले भने, ‘तर अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा केही चुनौतीहरु यथावत नै छ। जलश्रोतको धनि देश नेपाल भनेर गरौव गछौं तर जनता पानीको लागि आन्दोलन गर्छन्।’
उनले खानेपानी तथा सरसफाईको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणकासाथ अगाडी बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकोमा धन्यवाद दिए।












