Kathmandu Press

झापामा एक दर्जन रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा 

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन सक्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएका हुन्।
झापामा एक दर्जन रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा 

झापा, मंसिर २३ : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुगेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन सक्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएका हुन्। प्रधानमन्त्री ओली दुई दिनका लागि आइतबार गृहजिल्ला झापा आएका हुन्।

Hardik ivf

रास्वपाका करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिएर अहिले हिरासतमा राखिएको छ । प्रहरीले रास्वपा झापामा झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरासहित रास्वपा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो। 

रास्वपा कार्यकर्ताले आइतबार विहान झापाको मेचीनगर इटा भट्टा नजिक प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गरेका थिए। 

प्रकाशित मिति: १६:१० बजे, आइतबार, मंसिर २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्